डडेल्धुराका बिभिन्न गाविसमा खुलेयाम मदिरा बिक्रि गरिदैँ, सम्बन्धित निकाय बेखबर

Posted on: 06 May, 2016

ललित बोहरा/ बैशाख २४, डडेल्धुरा । डडेल्धुराका अधिकांस गाविसमा मदिरा बित्र mवितरण निषेध भए पनि खुलेयाम बिक्रि बितरण गरिने खुलासा भएको छ । गाउमा रहेको प्रत्येक चिया पशल देखि स–साना होटलमा खुलेयाम रुपमा मदिराको कारोवार भईरहेको छ । मदिरा सेवन गर्नेहरुले गाँउमा दिनमै गालि गलौज गरेको जनगुनासो बढीरहेको छ । गाँउमा कुनै नयाँ मानिस वा कर्मचारी जादाँ मदिरा सेवन गर्नेहरुबाट पिडित हुने गरेका छन । भागेश्वर गाविसको पर्छेटा वजार देखी गाविस सदरमुकाम सम्मका अधिकांस पशलमा मदिराको खुलेयाम कारोवार भईरहेको स्थानियले वताएका छन् । गाउमा रहेका पशलमा सौफी नामक गुणस्तरहिन देखी वियर, भोड्का सम्मका मदिराको खुलेयाम रुपमा कारोवार भईरहेको । मदिरा सेवन गर्नेलाई सम्बन्धित निकायले कारवाही नगर्दा आफुहरु पिडित भएको स्थानिय वासीन्दाहरुको गुनासो छ । भागेश्वर गाविसमा मात्रै नभई अजयमेरु, भद्रपुर, चिपुर गाविसमा समेत खुलेयाम रुपमा मदिराको कारोवार हुने गरेको भएपनि सरोकारवाला निकाय भने वेखवर वनेको छ । ति सवै गाविसमा प्रहरी चौकी भए पनि अवैध रुपमा हुने गरेको मदिराको कारोवारलाई नियन्त्रण गर्न नसकेको समेत स्थानियले वताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!