खेतमा गाडिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

Posted on: 02 May, 2017

बैशाख १९, धनगढी । कैलाली जिल्लाको मध्यक्षेत्रमा रहेको साबिक पहलमानपुर गाविसको आम्बासामा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार निष्क्रिय पारेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्दले बोराडाँडी ब्यारेकबाट गएको टोलीले उक्त बम निष्क्रिय पारेको बताउनुभयो । जङ्गल छेउको खेतमा गाडिएको अवस्थामा फेला परेको उक्त बम द्वन्द्वकालमा छाडिएको हुनसक्ने आशङ्का गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!