डडेल्धुराको उग्रतारा उच्च मा.वि पोखरालाई ३ लाख वरावरका विभिन्न सामग्री हस्तान्तरण

Posted on: 06 May, 2016

बैशाख २४, डडेल्धुरा । डडेल्धुराको उग्रतारा उच्च मावि पोखरालाई ३ लाख वरावरका विभिन्न सामग्री हस्तान्तरण गरिएका छन । वुढानिलकण्ठ विद्यालय काठ्माण्डौका कक्षा १० मा अध्ययनरत १० जना विद्यार्थीले आफ्नो खर्चको रकमवाट बचाएर जम्मा गरेको ३ लाख वरावरका ३ कम्प्यूटर, किताव, खेलकुदका सामग्री सहित विभिन्न सामग्री वितण गरेको विद्यार्थी सुलभ खनालले बताएका छन ।

जिल्ला शिक्षा कार्यालय डडेल्धुरा संग सम्पर्क गरेर जिल्ला शिक्षा कार्यालयको छनौट अनुरुप उग्रतारा उच्च माध्यमिक विद्यालयलाई सामाग्री दिएको विद्यार्थीले बताएका छन् । आफुहरुको सानो सहयोगले त्यस विद्यालका विद्यार्थीलाई केही मात्रामा भएपनि अध्ययन गर्नका लागि सहयोग पुग्ने भावना लिएर सहयोग प्रदान गरेको विद्यार्थीले वताएका छन् । सयौं कोष टाढा अध्ययनरत विद्यार्थीले आफ्नै लगानीमा गरेको सहयोगले विद्याललाई ठूलो सहयोग मिलेको उग्रतारा उच्च माध्यमिक विद्यालका प्रार्चाय रमेशदत्तध् बागले जानकारी दिनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!