डडेल्धुरामा मातृ मृत्यृ तथा नवजात शिशु मृत्युदर घट्दो

Posted on: 06 May, 2016

ललित बोहरा/ बैशाख २४, डडेल्धुरा । डडेल्धुरा जिल्लाको मातृ मृत्यृ तथा नवजात शिशु मृत्युदर घट्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा शुक्रबार आयोजीत सुरक्षित मातृत्व तथा नबजात शिशु सप्ताह सम्बन्धी प्रजनन स्वास्थ्य समन्वय समीतीका पदाधिकारीहरु र सञ्चारकर्मी संगको अन्र्तक्रिया कार्यक्रममा यस्तो बताएको हो ।

कार्यक्रममा सार्वजनीक गरिएको तथ्याङका अनुसार आर्थिक बर्ष २०७०/०७१ मा मातृ मृत्यु शिशु संख्या २ एवं नवजात शिशु मृत्यृ हुनेको संख्या ४६ थियो । आर्थिक बर्ष २०७१/०७२ मा मातृ मृत्यृ संख्या ३४ र आर्थिक बर्ष २०७२/०७३ मा मातृमृत्यृ शिशु नभएको र नबजात शिशु मृत्यृ हुनेको संख्या ९ जना रहेको छ ।

डडेल्धुराको १४ सय बालबालीकाहरुमा उक्त संख्याका बालबालीकाहरुको मृत्य भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका पब्लिक हेल्थ नर्स पार्वती बिष्टले जानकारी दिईन । साथै परम्परागत अन्धविश्वास, भौगोलीक विकटता, बर्थिङ सेन्टरको अभाव, सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुनु , उपकरणको अभाव लगायतका कारणले गर्दा डडेल्धुराको मातृमृत्यु तथा नवजात शिश मृत्युुदरमा न्युनिकरण हुन नसकेको नर्स बिष्टले बताएकी छन । कार्यालयमा जिल्लाको स्वास्थ्य अबस्थाको बारेमा समेत छलफल भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!