घाइते युवराज खतिवडालाई थप उपचारका लागि काठमाडौं लगियो

Posted on: 02 May, 2017

पोखरा, १९ बैशाख । धादिङ- पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडालाई थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल लगिएको छ ।

सोमबार राती चुनावी प्रचारका लागि धादिङ हिडेका खतिवडालाई बास्थान नजिकै २ वटा मोटरसाइकल मा आएर बाटो ढुकी बसेका अज्ञात व्यक्तिले कुटपिट गरी घाइते बनेका खतिवडालाई पोखरामा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौ लगिएको हो ।

पोखरामा बसेर व्यवसाय गर्दै आएका खतिवडा माओवादी केन्द्र कार्यकर्ता हुन् उनी मंगलबार धादिङबेसीमा उम्मेदवारी मनोनय कार्यक्रममा सहभागी हुने र बेलुका आफ्नो गाउँ खल्टेमा चुनाव अवधिभर रहने गरि जान लागेका थिए तर उनलाई बाटो मै आक्रमण गरियो हो । प्रहरीले अहिले सम्म दोसीलाई पक्राउ गर्न सकेको छैन ।

खुट्टा भाँचिएको र मुटुमा समस्या देखिएकोले थप उपचारका लागि ग्राण्डी अस्पताल लगिएको पारिवारीक स्रोतले बतायो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!