डडेल्धुरा उद्योग वाणिज्य संघ सदरमुकामको बजार क्षेत्र सरसफाई गर्न अग्रसर

Posted on: 07 May, 2016

बैशाख २५, डडेल्धुरा । डडेल्धुरा उद्योग वाणिज्य संघ सदरमुकामको बजार क्षेत्र सरसफाई गर्न थालेको छ । सुदुरपश्चिमको ७ पहाडि जिल्लाको प्रबेशद्धार पछिल्लो समय धेरै फोहोर भएको भन्दै सरसफाई थालीएको उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेम पनेरुले बताएका छन ।

सदरमुकाम क्षेत्रका मुख्य बजार क्षेत्र बागबजार, तुफाँनडाँडा लगायतका क्षेत्रमा सरसफाई गरीरहेको छ । उद्योग वाणिज्य संघ डडेल्धुराले गरेको यो सराहनीय कामले स्थानीयहरुको ब्यबहार परिर्वतनको प्रेरणा बन्ने छ । साथै उद्योग वाणिज्य संघले आफनो घर, पसल र कोठाबाट निस्किने फोहोर ब्यबस्थापन गर्नु समेत आग्रह गरी रहेका छन । सरसफाई कार्यक्रमको नेतृत्व भने उद्योग वाणिज्य संघ डडेल्धुराका पूर्व अध्क्षय प्रकाश साँउदले गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!