सुदूरपश्चिममा एकबर्ष यता ओखेटोपहार, चितुवा र बाघको छाला सहित ३५ अभियुक्त पक्राउ

Posted on: 10 May, 2016

ललित बोहरा/ बैशाख २८, डडेल्धुरा ।  सुदूरपश्चिमका बिभिन्न क्षेत्रबाट एक बर्ष यता एक सय ३५ किलो ओखेटोपहार, २० थान चितुवाको छाला तथा ९ थान पाठे बाघको छाला सहित ३५ जना अभियुक्त पक्राउ परेका छन ।

यस्तै डडेल्धुराको जोगबुडाबाट चितुवाको छाला र ओखेटोपहार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको जोगबुडा बसपार्कबाट दुई थान चितुवाको छाला र साढे ८ किलो ओखेटोपहार सहित दुई जनालाई गएराती ३ बजे प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डडेल्धुरा जोगबुडा नगरपालिका–७ भुन्टेगडा बस्ने २५ बर्षिय मान बहादुर महता र सोही ठाउँका ३५ बर्षिय जय बहादुर बोहरा रहेका छन । उनीहरुलाई भारतको बन्यजन्तु संरक्षण निकाय पि.एस.आई. को सहयोगमा केन्द्रिय अनुसन्धान ब्युरो र क्षेत्रीय अनुसन्धान समुह दिपायलको संयुक्त टोलीले पक्राउ गरेको हो ।

बरामद गरिएको छालाको करिब ८ फिट लम्बाई रहेको छ । उक्त छाला र हड्डी भारतबाट ल्याएको अभियुक्तले बयान दिएका छन । बरामद गरिएको छाला तथा हडडी सहित पक्राउ परेका दुबै जनालाई जोगबुढा स्थित ईलाका प्रहरी कार्यालयलाई बुझाईएको छ । केहि समय यता चितुवाको छाला र हड्डी चोरीशिकारी हुने क्रम बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!