महोत्तरीमा ५५ वर्षीय प्रौढले दश जोड दुईको परीक्षा दिँदै

Posted on: 04 May, 2017

बैशाख २१, महोत्तरी । महोत्तरीमा एक प्रौढले उच्च माध्यमिक तह (दश जोड दुई) को परीक्षा दिइरहेका छन् । 

औरही गाउँपालिका श्रीपुरका ५५ वर्षीय भोगेन्द्र झाले स्थानीय सोन्फी दशै माविबाट यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी भएका हुन् । 

सिम्बोल नं ३१८४४८ भएका झाले पूरकतर्फको परीक्षा महेन्द्र उमावि रामगोपालपुर केन्द्रबाट दिइरहेका छन् । शिक्षा सङ्कायतर्फ नेपाली विषय लिएर अध्ययन गरेका उनले यस अघि दुई पटक पूरक परीक्षा दिँदासमेत अनुत्तीर्ण भएपछि पुनः यस वर्ष परीक्षा दिइरहेको जानकारी दिए । 

वर्षौं पहिले एसएलसी उत्तीर्ण गरिसकेका उनले उच्च शिक्षा अध्ययन गर्नका लागि २०७० सालमा सो विद्यालयको कक्षा ११ मा भर्ना भएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!