हुम्लामा खाद्यान्न ढुवानी सेवा सुरु

Posted on: 06 May, 2017


बैशाख २३, सुर्खेत | नेपाल खाद्य संस्थान सुर्खेतले हुम्लामा खाद्यान्न ढुवानी कार्य सुरु गरेको छ । 

संस्थानले नेपाली सेनाको स्काइ ट्रकमार्फत शुक्रबारदेखि सुर्खेतबाट हुम्लामा खाद्यन्न ढुवानी सुरु गरेको हो । पहिलो स्काइ ट्रकमार्फत खाद्यान्न ढुवानी गर्न लागेको नेपाल खाद्य संस्थान शाखा सुर्खेतका प्रबन्धक भीमबहादुर थापाले बताउनुभयो । 

शुक्रबारसम्ममा दुई सय क्विन्टल चामल ढुवानी गरिएको उहाँले बताउनुभयो । हुम्ला सदरमुकाममा २५ सय क्विन्टल खाद्यान्न ढुवानी गरिने छ । श्रीनगर डिपोका लागि तीन हजार १५७ क्विन्टल र सर्केगाढ डिपोका लागि तीन हजार ११३ क्विन्टल चामल ढुवानी गरिसकेको थापाले बताउनुभयो । 

हुम्लाका लागि १८ हजार पाँच सय क्विन्टल चामल ढुवानी गरिनेछ । लामो समयसम्म खडेरीका कारण हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्लालगायत जिल्लाामा खाद्यान्न संकट भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!