बाजा बजाउँदा ध्वनि प्रदूषण बढ्दै

Posted on: 07 May, 2017


बैशाख २४, महोत्तरी । विभिन्न स्थानमा सार्वजानिक रुपमै बाजा बजाएपछि यहाँ ध्वनि प्रदूषण बढेको छ । 

विवाह, व्रतबन्ध, पूजा जस्ता कार्यमा यहाँका सडकमा दिउँसै समाजलाई अपच हुने किसिमको गीत बाजामार्फत बजाएपछि वातावरमा ध्वधि प्रदूषण मा बढी जनजीवन प्रभावित हुने गरेको छ । 

जात्रापर्वमा मनोरञ्जनका लागि बाजा बजाएपछि आसपासलगायत छिमेकीको जनजीवन नै प्रभावित हुँदैआएको गौशाला नगरपालिका– १२ का चन्देश्वर सिंहले बताउनुभयो । यसबाट राति चोरी, डकैती जस्ता घटना बढ्ने सम्भावना प्रबल रहेको सिंहको भनाइ छ । 

त्यस्तै जन्तीका साथमा आउने डिजेसँगै नृत्य गर्ने जन्ती र स्थानीयवासी युवाबीच तालमेल नमिल्दा विवाहको समयमै कतिपय स्थानमा ठूलो विवाद हुँदै आएको गौशाला नगरपालिका – १ का नरेशकुमार महतोले बताउनुभयो । प्रहरी प्रशासनले समेत यस्ता ध्वनि प्रदूषण रोक्नका लागि कुनै ठोस कदम उठाउन नसक्नु दुःखद् रहेको उहाँको प्रतिक्रिया छ । 

मनोरञ्जनका नाममा वातावरण नै प्रदूषित हुने गरी बाजा बजाउनेलाई कारबाही गरिनुपर्ने शिक्षिका सुनिता कुमारी बताउनुृहुन्छ । ध्वनिको मात्रा कम गरी मनोरञ्जनको साधन बजाउन उहाँले सुझाव दिनुभयो । यस्ता ध्वनि प्रदूषण रोक्ने उपायबारे छिट्टै जिल्ला प्रहरी कार्यालय महोत्तरीले ठोस नीति ल्याउने प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!