गुल्मीमा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

Posted on: 09 May, 2017

बैशाख २६, गुल्मी । चट्याङ लागेर मालिका गाउँपालिका–४ अर्खावाङ निवासी ८० वर्षीय डोरबहादुर खत्रीको सोमबार मृत्यु भएको छ । 

अपराह्न आफ्नो घरमा बसिरहेका अवस्थामा परेको चट्याङका कारण खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो । 

चट्याङ लागेर खत्रीसँगै घरमा बसेका छिमेकी १८ वर्षीय लोकेन्द्र केसी, १५ वर्षीय टीकाबहादुर केसी र १० वर्षीया शारदा केसी घाइते भएकामा अर्खावाङस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!