गुल्मीमा अज्ञात समुहद्वारा मध्यरातमा डोजरमा आगजनी

Posted on: 09 May, 2017


बैशाख २६, गुल्मी । गुल्मीमा गएराती एउटा डोजरमा आगजनी भएको छ । 

छल्दी पनाह राताडाँडा ईन्द्रगौंडा सडक स्तरबृद्धिमा प्रयोग गरिएको डोजरमा अज्ञात समुहले अगो लगाएको हो । आगजनीबाट डोजर ध्वस्त भएको छ ।

काठमाण्डौको कालिका प्यासेफिक जोईन्ट भेन्चर कन्ट्रक्सन प्रा.लिको जेसीभि–२०५ नम्वरको डोजर जलाइएको हो ।

ईस्मा गाउँपालिका वडानम्वर–२ हस्तीचौरको रातचौर स्थित डोजर जलाईएको खवर प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावालले जानकारी दिए । 

डोजर आगोलागीबाट करिव एक करोड वरावरको क्षति भएको जनाईएको छ । उक्त निर्माण कम्पनी पुर्व भुमिसुधार मन्त्री विक्रम पाण्डेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!