हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

Posted on: 12 May, 2017

बैशाख २९, हुम्ला । सिमीकोट–चिसामूल हुँदै लाङ्नाबाट ढुङ्गा बोकेर आएको ट्र्याक्टर सदरमुकाम सिमीकोट ल्याउने क्रममा बिहीबार साँझ भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

कामको खोजीमा हुम्ला आउँदै गरेका बाजुरा गोत्री वडा नं ३ बस्ने ३२ वर्षीय जगत परियारको मृत्यु भएको छ भने सोही वडा बस्ने घाइते प्रेम दमैको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । 

प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!