डडेल्धुरामा दुई हजारबढी अपाङ्गता भएका व्यक्तिले परिचय पत्र पाएनन्

Posted on: 12 May, 2017

बैशाख २९, डडेल्धुरा । आपङ्गता भएका व्यक्तिहरु आफ्नै आफन्तबाट अपहेलित हुनु परेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा शुक्रबार डडेल्धुरा सदरमुकाममा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी सरकारी तथा गैरसरकारी निकायहरु संगको एक दिने बैठकका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

आपङ्गता भएका व्यक्तिहरु घर परिवार, समाज तथा साथि भाई बाटै अपहेलित हुनु परेको सहभागिको भनाई रहेको थियो ।

आपङ्गता भएका व्यक्तिको अवस्था र क्षमता अनुसार नभई राजनितीक पहुचको आधारका परिचय पत्र वितरण गरिने परिपाटीले गर्दा अझैँ पनि धेरै व्यक्तिहरु अपाङगता परिचयप पाउनबाट बञ्चित रहको कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।

डडेल्धुरामा कुल अपाङ्गता भएका व्यक्ति मध्ये आधा बढी अझैँ अपाङगता परिचय पत्र पाउन बाट बञ्चित रहेको जिल्ला अपाङ्ग कल्याण सेवा समिति डडेल्धुराको तथ्याङ्कले देखेकाएको छ ।

जिल्ला भरमा दुई हजार ४ सय ८ महिला र दुई हजार ७ सय ४२ पुरुष गरि पाँच हजार १ सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेकोे भए पनि दुई हजार ४ सय ६८ जनाले मात्रै अपाङ्गता परिचय पत्र पाएका छन् ।

अपाङ्गता परिचय पत्र पाउनेमा १ सय ९३ जनाले क वर्गको परिचय पत्र, ६ सय ६२ जनाले ख बर्गको, सात सय ८२ जनाले ग वर्गको र आठ सय ३१ जनाले घ वर्गको परिचय पत्र पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क हेर्दा अझै पनि दुई हजार ६ सय ८२ जना परिचय पत्र पाउनबाट बञ्चित रहेनको देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!