रास्कोट नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

Posted on: 18 May, 2017

दलसिंह गिरी | जेठ ४, कालिकोट | जिल्लामै बहुचर्चाको विषयमा रहेको रास्कोट नगरपालिकाको मेयर तथा उपमेयरमा माओवादी केन्द्रका उम्मेदार विजयी भएका छन् । 

माओवादी केन्द्रबाट मेयर उम्मेदार काशीचन्द्र बरालले २ हजार १ सय १५ मत मत ल्याएर विजयी हुनु भएको छ भने उपमेयर उम्मेदार मिम्सरा बम (शाही)ले २ हजार २ सय ३५ मत ल्याएर विजयी हुनु भएको छ । मेयरका प्रत्यासी उम्मेदार नेकपा एमालेका मनिराज बरालले १ हजार ८ सय ३० मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ भने उपमेयर उम्मेदार उमा शाहीले १ हजार ८ सय ७२ मत ल्याएर प्राजय ब्यहोर्नु परेको छ । 

मतगणनाको मध्यान्तर सम्म अग्रतामै रहनु भएका नेपाली कांग्रेसका दान बहादुर बम भने १ हजार ४ सय ४ मत मै सिमित रहुनु भएको छ । यस्तै नेपाली कांग्रेस संग समिकरण गरेर उपमेयरमा लड्नु भएका राप्रपाका हजा सुनार ५ सय ५६ मतमै सिमित रहनु भएको छ । 

यस्तै वडापालिका अध्यक्षको नतिजा अनुसार वडा नं. १ माओवादीबाट नमराज संज्याल, वडा नंं २ नेकपा एमालेका दयाराम सिमखाडा, वडा नं. ३ माओवादी केन्द्रका देउसिंगे कुमाल, वडा नं. ४ माओवादी केन्द्रका विबेक शाही, वडा नं. ५ नेकपा एमालेबाट नरजंग शाही, वडा नं. ६ मा माओवादी केन्द्रबाट टक्क फर्साल वडा नं. ७ माओवादी केन्द्रका नमराज महतारा, वडा नं. ८ कृष्ण धमाला (पुजारी), वडा नं. ९  डबल बोगटी विजयी हुनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!