सन्धिखर्कमा ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम सुरु

Posted on: 20 May, 2017

अर्घाखाँची | जेठ ६ अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ५ दिने उद्घोषण तथा पत्रकारिता तालिम आज देखी सुरु भएको छ । 

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको आयोजनाम निशुल्क पत्रकारिता तालिम सुरु भएको छ ।  तालिममा सूचना सञ्चारबाट पछाडि परेको गाउँलाई विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गर्न तालीमको आयोजना गरीएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ । 

तालिमको उदघाटन गर्दै जिल्ला न्याधीश केशवप्रसाद वास्तोलाले सञ्चारमाध्यम निकै महत्त्वपूर्ण भएकोले राम्रोसँग तालिम लिन सवैलाई आग्रह गर्नुभयो  । वास्तोलाले जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भोलिदेखि गाउँ तथा नगरपालिकाका निर्वाचन कार्यालय सञ्चालनमा आउने बतानुभयो ।

तालिममा सहभागिलाई बास्तोलाले राम्रोसँग तालिम लिई जेठ ३१ को निर्वाचनमा आचारसहितालाई ख्याल गरि विभिन्न सञ्चारमाध्यममा गाउँगाउँबाट रिपोर्टिङ गर्ने गरि राम्रोसँग तालिम लिन र नबुझेको कुरा सोधि राम्रोसँग तालिम लिन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी डिल्लीराज प्रोखरेलले सवैभन्दा महत्त्वपूर्ण कुरा सञ्चार भएकोले तालिम तालिमका लागि मात्र नभई केही सिक्ने उदेश्यले तालिम लिन आग्रह गर्नुभयो ।

तालिमको उदघाटन सत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, उपाध्यक्ष गणेश खनाल र सचिव सुर्यभुसाल लगाएतले मन्तव्य राख्नुभएको थियो । तालिममा १०० जना पशिक्षाथीको सहभागीता रहेको छ । तालिम ५ दिनसम्म सञ्चालन हुन्छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!