आज प्रचण्डकै अगाडि जलाइदैछ ३ सय ६९ गैडाका खाग र अन्य बहुमुल्य भनिएका बस्तुहरु

Posted on: 22 May, 2017

जेठ ८, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मरेका बन्यजन्तुहरुका अवशेष (अखेटोपहार) आज एक विशेष कार्यक्रम गरि नष्ट गर्ने भएको छ । 

प्रधानमन्त्री मुख्य आतिथ्यतामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न मन्त्रीहरु तथा बिशेष व्यक्तित्वको समेत सहभागिता रहनेछ । २०५४ सालदेखि भण्डारण गरेर राखिएका मरेका बन्यजन्तुहरुका अवशेष (अखेटोपहार)  हरु लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापनमा निकै अप्ठेरो भएको र सुरक्षा चुनौती समेत रहेको थियो । 

निकुन्जले चोरी शिकारीलाई निरुत्साहित गर्नका लागि यस्तो कदम चाल्न लागेको जनाएको छ । २० बर्षसम्म जम्मा भएका गैंडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना लगायतका वस्तु जलाइनेछ ।

निकुन्जका अनुसार लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एक सिंगे गैंडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीवजन्तुका अंगहरु नष्ट गरिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!