भोलिदेखि भक्तपुरमा साझाका २० ओटा बसले सेवा दिने

Posted on: 23 May, 2017

जेठ ९, काठमाडौं । साझा यातायातले भोलिदेखि भक्तपुर जिल्लामा आफ्नो बस सेवा विस्तार गर्ने भएको छ । साझाले २० वटा बसलाई भोलिबाट भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गर्न लागेको हो ।

साझा बसको भक्तपुर रुट अन्तर्गत काठमाडौँको स्वयम्भुबाट सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- रत्नपार्क- सहीदगेट -थापाथली- माइतिघर- बबरमहल- नयाँबानेश्वर-मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म जानेछ । त्यस्तै सुर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार- पुतलीसडक- कमलादी- घण्टाघर- पुरानो बसपार्क-सहीद गेट- त्रिपुरेश्वर-कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ । 

यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेपछी भक्तपुरबासिमा खुसियाली छाएको छ । साझा बसले हालको लागि नयाँ बाटोमा मात्र रुट परमिट पाएको छ र पुरानो बाटोमा पनि चलाउन अध्ययन हुँदैछ । यस अघि यातायात ब्यवसायीहरुले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!