ओखलढुंगामा एकै दिन दुई युवाको मृत्यू

Posted on: 23 May, 2017

पूर्णप्रसाद न्यौपाने | जेठ ९, ओखलढुंगा | ओखलढुंगामा आज एकैदिन दुई युवाको मृत्यू भएको छ । छुट्टा छुट्दै दुई घटनामा परि जिल्लाको पोकली र कुईभिरका दुई युवाको ज्यान गएको हो । 

लिखु गाउँपालिका ९ मा पर्ने पोकलीस्थित उज्जन श्रेष्ठका छोरा अन्दाजी १६ का विकास श्रेष्ठको लिखु नदीमा डुबेर मृत्यु भएको छ । स्थानीय कल्लेरी भन्ने स्थानमा लिखु नदिमा पौडी खेल्ने क्रममा हिजो साँझ श्रेष्ठ डुबेर बेपत्ता भएका थिए । आज विहान ९ ः ३० बजे डुबेको भन्दा ५० मिटर तल मृत अवस्थामा श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मिलन केसीले जानकारी दिनुभयो । पौडी खेल्नेक्रममा ज्यान गुमाउने विकास द्धोन्द्धकालमा माओवादी कार्यकर्ताले हत्या गरेका उज्जन श्रेष्ठका छोरा हुन् । बुबाको द्धोन्द्धकालमा र छोराको अकालमा मृत्यू भएपछि श्रेष्ठ परिवार शोकमा डुवेको छ ।

यसैबिच ओखलढुंगा कुइभीर ३ निवासी गोविन राइ (राम) को भीरबाट लडेर मृत्यु भएको छ । मंगलबार बिहान घास काटनका लागि घर नजिकै रहेको भदौरे भीरमा गएका थिए । घास काटने क्रममा भीरबाट लडेको स्थानीयले बताएका छन । यस विषयमा जानकारी नभएको तर हल्ला सुनेपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!