बाजुरामा सेनाको विमान दुर्घटना अपडेटः पाइलटको मृत्यु, दुई जना घाइते

Posted on: 30 May, 2017

बिमान दुर्घटनामा ज्यान गुमाएका कैलाश गुरुङ

जेठ १६, काठमाडौं । बाजुराको कोल्टी विमानस्थल नजिकै भएको नेपाली सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

सुर्खेतबाट सिमिकोटको लागि उडेको एन ए ४८ स्काई प्लग जहाज मंगलबार दिउँसो बाजुराको कोल्टी विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटना भएको हो । 


विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना सवार थिए । उनीहरु मध्ये भोजपुर घर भएका पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ । सुवेदार पूर्णबहादुर खड्का र घाइते अनिता आले छन् । उनीहरुलाई सीता एयरको विमानबाट थप उपचारका लागि नेपालगञ्ज लगिएको कोल्टी विमानस्थल सुरक्षा पोष्टले जनाएको छ ।


दुर्घटना भएको विमानमा आगो लागेको थियो । स्थानीयवासी र नेपाल प्रहरीले आगो निभाएर घाइतेको उद्धार गरेका छन् ।  सिमिकोटमा मौसममा खराबी आएको भन्दै उक्त जहाज कोल्टीका लागि डाइभर्ट भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!