शैक्षिक सत्र सुरु भएको चार महिना वित्दापनि विद्यार्थिले अझैँ पाठ्यपुस्तक पाएनन्

Posted on: 01 Jun, 2017

जेठ १८, जुम्ला । जुम्लामा शैक्षिक सत्र सुरु भएको चार महिना वितिसक्दा पनि चन्दननाथ गुरुकुल पाठशाला जुम्ला बजारका विद्यार्थिले अझैँ पाठ्यपुस्तक पाएका छैनन् । पाठ्यपुस्तक नपाएपछि पठनपाठनमा समस्या भएको विद्यार्थिहरुले साझा सवालललाइ गुनासो गरे । गुरुकुल पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक सत्र सुरु भएको पहिलो सातामै पाठ्यपुस्तकका लागि माग गरिएको हो, तर अहिलेसम्म प्राप्त नभएको बताए ।       

उहाँले भने, पाठ्यपुस्तक नभएपछि पठनपाठनमा समस्या भएको छ । यस विषयमा पटक पटक जिल्ला शिक्षा कार्यालय जुम्लासँग अनुरोध गर्दा पनि सुनुवाई भएको छैन । प्रधानाध्यापक उपाध्यायका अनुसार अहिले गुरुकुल पाठशालामा कक्षा ३ सम्म पठन पाठन भईरहेको छ । २ कक्षासम्मको बालबालिकाले पुराना पाठ्यपुस्तक अध्ययन गरीरहेका छन् भने कक्षा ३ का बालबालिकाले पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या भईरहेको बताए ।  

कर्णालीमा फागुन पहिलो साता देखि शैक्षिक सत्र शुरु हुने गरेपनि जेठ महिनाको आधा समय वितिसक्दा पनि पाठ्यपुस्तक बालबालिकाले प्राप्त गर्न सकेका छैन । चन्दननाथ गुरुकुल पाठशालामा अहिले १५ जना छात्रा र २५ जना छात्र गरी ४० जना बालबालिका अध्यययन गरिरहेका छन् ।

उक्त पाठशालामा गुरुकुल सामाजिक, सस्कृत रचना, सस्कृत भाषा, गुरुकुल नेपाली विषयहरु पठनपाठन भईरहेको छ । उता जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले पाठ्यपुस्तक माग गरेपनि समयमा प्राप्त नभएको बताए । उहाँले भने, म आफै सम्वन्धीत निकाय तथा पाठ्यक्रम विकास केन्द्रमा पुगेर त्यसको छिट्टै व्यवस्थापन गर्ने छु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!