लुक्लामा विमान दुर्घटना हुँदा बिदामा थिएँ- लुक्ला प्राधिकरण प्रमुख

Posted on: 01 Jun, 2017


 जेठ १८, सोलुखुम्बु । नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगिन्द्रनाथ कुँवरले गोमा एयरको विमान दुर्घटना हुँदाका बखत आफू बिदामा रहेको बताउनुभएको छ । 

स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको बिदा लिएको र बिदा दुई दिन बाँकी छँदा दुर्घटना भएको उहाँको भनाइ छ । 

]दुर्घटना भएको भोलिपल्ट आफू लुक्ला पुगी त्यहाँको विमानस्थल प्रशासन सम्हालेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विमान अवतरणका समयमा मौसम राम्रो रहेको अभिलेखबाट देखिन्छ । 

गोमा एयर दुर्घटनाका क्रममा छानबिनका लागि केन्द्रीय कार्यालय झिकाइएका कुँवर बिहीबार काठमाडौँ पुग्नुभएको छ । अहिले लुक्ला विमानस्थलको प्रमुखमा बच्चुनारायण श्रेष्ठलाई काजमा पठाइएको बुझिएको छ । 

बिदा रेकर्ड नदेखिएको सन्दर्भमा कुँवरले आफूले १५ दिनका लागि बिदा मागेकामा सात दिनको बिदा रेकर्डसहित र बाँकी मौखिक स्वीकृति लिइएको दाबी गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!