जुम्लामा मानवअधिकारवादीको जमघट

Posted on: 08 Jun, 2017


दलसिंह गिरी | जेठ २५ जुम्ला | मानव अधिकारमुखी विकास पद्धति बारे छलफल गर्न जुम्लाको खलंगामा मानवअधिकार अभियान्ताहरुको जमघट भएको छ । मानव अधिकारका क्षेत्रमा काम गर्ने कर्नालीका ५ जिल्ला अभियान्ताहरुको जुम्लाको खलंगामा जमधट भएको हो । स्थानीय तहको निर्वाचनबाट चुनिएका जननिर्वाचित प्रतिनिधि तथा स्थानीय समुदायहरुलाई मानव अधिकारमुखी विकास पद्धतिवारे सुसुचित गराउन सबैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मुलनाराका साथ प्रशिक्षक प्रशिक्षण आयोजना गरिएको छ । 

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाको सहकार्य तथा विगत दशकौं देखि मानवअधिकारका सवालमा पैरवी गर्दै आइरहेको किर्डाक नेपाल द्धारा संचालित ५ दिने जमघट कार्यक्रम कर्नालीका ४ वटा जिल्ला कालिकोट, हुम्ला, मुगु, डोल्पा, जम्लाका अभियान्ताहरुको सहभागिता रहेको छ । 


राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय जुम्लाका अधिकृत रमेश रावलको अध्यक्षता उच्च अदालतका न्यायधिस श्रृषराज सिबाकोटीको प्रमुख आथित्यतामा सुरुवात गरिएको ५ दिने जमघट कार्यक्रममा विशेषगरी मानव अधिकारमखी विकास पद्धतिबारे प्रशिक्षण हुने आयोजक संस्था किर्डाक नेपाल जुम्लाका संयोजक गोरख थापाले बताउनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!