बाजुरामा भारी वर्षा, जनजीवन कष्टकर, बाढीले ३८ पशुचौपाया बगायो

Posted on: 09 Jun, 2017

जेठ २६, बाजुरा । एक सातादेखि आएको वर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । 

एक सातादेखि आएको वर्षाका कारण जिल्लावासीलाई आवतजावतमा कठिनाइ भएको छ । अबिरल वर्षाका कारण उत्तरी भेगको हिमाली गाउँपालिका– ३ युनामा आएको बाढीका कारण ३८ पशु बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

वर्षासँगै आएको बाढीले हिमाली गाउँपालिका– ३ युनावासीका १९ वटा गोरु र १९ भेडा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो । 

कुन्ना प्रहरी चौकीबाट तीन दिनको पैदल दूरीमा पर्ने सो स्थानको घटनाबारे तीन दिनपछि मात्र विवरण आएको हो । भारी वर्षाका कारण आजदेखि जिल्लामा सञ्चालित लामो तथा छोटा दूरीका सवारी साधन सञ्चालन हुनसकेका छैनन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!