जुम्लामा ३ सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल, को को परे ?

Posted on: 11 Jun, 2017

नन्दराम जैशी | जेठ २८, जुम्ला | ट्राफिक प्रहरी जुम्लाले आज पुर्व स्वीकृति बिना संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफल गरेको छ । यहि जेठ २३ गते जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेपनि निर्णय बिपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स आज ट्राफिक प्रहरीले जफल गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आज पहिलो सार्वजनिक बिदा तथा शनिबारको दिन पुर्व स्वीकृति नलिएर संचालन हुने ३ वटै सरकारी मोटरसाइकल रहेका छन् । जसमा जिल्ला कृषि विकास कार्यालय जुम्लाको बा १ ब ६७२२ नं को मोटरसाइकल, कृषि अनुसन्धान केन्द्र बागवानि राजिकोटको ना १ ब १८८२ नं को मोटरसाइकल र कनकासुन्दरी गाँउपालिकाको क १ ब २९ नं को मोटरसाइकल पहिलो सार्वजनिक बिदाको दिनमै कारबाहिमा परेका छन् । आज कारबाहिमा परेका ३ वटै मोटरसाइकल चालक तथा कर्मचारीलाइ प्रचलित कानुन बमोजिम विभागिय कारबाहि गरीने भएको छ ।            

जुम्लामा रहेका सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुद्धारा संचालित चारपांग्रे र दुईपांग्रे सवारी साधानहरु अब सार्वजनिक बिदाको दिन अनुमति बिना संचालन गर्न नपाइने भएको हो । यसअघिका बर्षौ दिनहरुमा जुम्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुद्धारा चारपांग्रे र दुईपांग्रे सवारी साधानहरु सार्वजनिक बिदाको दिनमा पनि जथाभावि संचालन हुने गरेको पाइएपछि अबदेखि अनुमति बिना सार्वजनिक बिदाको दिन त्यस्ता सवारी साधान संचालन गर्न नपाइने भएको छ ।

सरकारी तथा गैर सरकारी कार्यालयका सवारी साधानहरु जुम्लामा जथाभावि चलाएको र कर्मचारी बाहेक दोस्रो ब्यक्तिले चलाएको पाइएको हुँदा केन्द्रको आदेश अनुसार अबदेखि अनुमति बिना चल्न नदिइने जिल्ला प्रशासन कार्यालय जुम्लाले बताएको छ । शनिबार र सार्वजनिक बिदाको दिनमा कर्मचारीको परिचय पत्र, लाइसेन्स र अनुमति पत्र बेगर आगामि दिनमा त्यस्ता सवारी साधान चलाएको पाइएमा सवारी साधान नियन्त्रणमा लिइने ट्राफिक प्रहरीले जनाएको छ । आगामि दिनमा सरकारी सवारी साधानहरु जिल्ला छाडि बाहिर कामका लागि प्रयोग गर्नुपरेमा पुर्व स्वीकृति लिएर मात्र प्रयोग गर्न अनुरोध गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!