बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधी सम्बन्धी अभिमुखीकरण सम्पन्न

Posted on: 13 Jun, 2017

जेठ ३०, मकवापनुर । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधी एवम् बालमैत्री स्थानीय निकाय घोषणा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा सकिएको छ । 

कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरले आयोजना गरेको हो । 

कार्यक्रममा सहजकर्ता बिष्णुप्रसाद चौबे र जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापाले सहजिकररण गरेका थिए । कार्यक्रमको समापन जिल्ला समन्वय समितिको कार्यालयका निमिक्त स्थानीय बिकास अधिकारी सोमराज तिमिल्सिनाको अध्यक्षतामा भएको थियो । 

कार्यक्रममा बालबालिकाको क्षेत्रमा क्रियाशील सरकारी, गैरसरकारी निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

यसैबिच, बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधी एवम् बालमैत्री स्थानीय निकाय घोषणा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा शुरु भएको छ । कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरले आयोजना गरेको हो । 

कार्यक्रमको उदघाटन जिल्ला समन्वय समितिको कार्यालयका स्थानीय बिकास अधिकारी नारायण मैनालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मुख्य सहजकर्ता बिष्णुप्रसाद चौबे, जिल्ला शिक्षा अधिकारी बिरेन्द्रजंग थापा, महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख महिला बिकास अधिकृत शोभा शाह, रामचन्द्र पाठक, सञ्जय ठाकुरले सहजिकररण गरिरहेका छन् । कार्यक्रममा साबिकको फाखेल, छतिवन, झिमफेदी, आमभञ्ज्याङ्ग र कोगटे गाबिसका वडा अध्यक्ष, बाल क्लब सञ्जालका पदाधिकारी, सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजक लगाएतको सहभागिता रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!