मनाङबाट लमजुङका लागि छुटेको जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

Posted on: 15 Jun, 2017

असार १, लमजुङ ।  मनाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

माथिल्लो मनाङबाट सदरमुकाम चामेतर्फ आउँदै गरेको ग १ ज ६६०२ नंको जिप नेस्याङ गाउँपालिका–१ पिसाङ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । 

घाइते सबैलाई उपचारका निम्ति सदरमुकाम चामेस्थित जिल्ला अस्पतालमा ल्याइएको प्रनाउ गुरुङले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम चामेबाट करिब १५ किमी उत्तरतर्फ पर्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!