अर्घाखाँचीमा बिषादी खाँदा १२ बर्षीय बालकको मृत्यु

Posted on: 17 Jun, 2017

जितेन्द्र खत्रि/असार ३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका–६ हंशपुरमा घरमा राखेको बिषादी झुक्किएर खाँदा एक बालकको ज्यान गएको छ ।

हंशपुरको घैयार निवासी उमकान्त पौडेलका १२ वर्षका छोरा आशिष पौडेलले घरमा राखेको बिषादी झुक्किएर खाँदा ज्यान गएको हो । पौडेलल सनराईज बोर्डीङ्ग मेहलपानीमा कक्षा २ मा अध्ययन गर्दै आएका थिए । 

परिवारका सदस्यले सुन्तलामा लाग्ने रोगको लागि घरमा ल्याएर राखेको बिषादी थाहा नभएर खाई गम्भीर बिरामी हँदा उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा ज्यान गएको स्थानीय बासिन्दा नरिस्वर पौडेलले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!