अर्घाखाँचीमा २२ वर्षिया युवतीको बलात्कारपछि हत्या

Posted on: 17 Jun, 2017

असार ३, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका–१ चिदिकाका २२ वर्षिया सुमित्रा कुमालको बलात्कारपछि हत्या भएको छ । 

सन्धिखर्क–२ भद्रीखोलाका २२ वर्षे रमेश बादीले गुल्मी र अर्घाखाँचीको सिमानामा पर्ने केदुवा खोलामा सुमित्रालाई बलात्कार गरी घाइते बनाएर फरार भएका थिए ।

घाइते सुमित्राको पाल्पामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । घटनामा संलग्न रमेश बादीलाई घटना भएको ४ घण्टामै बल्कोट प्रहरी चौकी र गुल्मीको खर्ज्याङ प्रहरी चौकीकोे टोलीले प्रकाउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा थुनामा राखिएको छ ।

अभियुक्त रमेश बादी केही समय पहिले मथुरास्थित एकजनाको घरको भैंसीको पाडी चोरेर खाएको बिषयमा जिल्ला अदालतबाट ३७ हजार ५ सय रुपैयाँ जरिबाना र क्षतिपूर्ति सजाय सुनाएपछि उनी फरार भएका थिए ।

बादी त्यस क्षेत्रमा ज्यामी काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनले भद्रीखोला आसपासका क्षेत्रमा अशान्ति मच्चाएको आरोपमा बारम्बार थुनामा पर्दै आइरहेका थियो । उनीमाथि बलात्कार र कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप कुमार डिसीले जानाकारी दिनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!