रामारोशन डेन्टलको सेवा आज देखी बाजुरामा पनि सुरु

Posted on: 17 Jun, 2017


असार ३, बाजुरा | बाजुरा जिल्लाका जनताले पनि सहजै दन्त सेवा पाउन भन्ने उदेश्यले रामारोशन डेन्टल क्लिनिक साँफेबगरले आफ्नो सेवा बाजुराबाट पनि सुरु गरेको छ । 

बाजुराको सदरमुकाम मार्तडीमा शाखा खोलेर सेवा सुरु गरिएको सिडिएस दिपेन्द्र शाहीले बताउनु भयो । बाजुरा, हुम्ला, मुग र आसपासका जनताले दाँत सम्बन्धी सेवा लिन टाढा जानु नपरोस र नजिकै सर्भसुलभ सेवा पाउन भनेर सेवा सुरु गरिएको समेत उहाँले बताउनु भयो । दाँतका बिरामीले सेवा लिन टाढा जाँदा खर्चिलोका साथै कठिनाई पनि हुने भएकाले यसको समाधान होस भन्ने उदेश्यले पनि आफुहरुले सेवा सुरु गरेको किल्निकका संचालक सिडिएस सन्तोस पहाडीको भनाई छ । शनिबार आज एक उद्घाटन कार्यक्रमको आयोजना गरी सेवा सुरु गरिएको छ । 

नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह र स्वास्थ्यकर्मी सिआर यादबले एकसाथ उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँहरुले दन्त सेवाले यस क्षेत्रका जनतालाई ठुलो राहत पुग्ने बिश्वास व्यक्त गरेका थिए । साथै उहाँहरुले सेवालाई प्रभावकारीका साथै दिगोपना बनाउनु पर्नेमा समेत जोड दिएका थिए भने आफ्नो तर्फबाट पनि सहयोग पर्ने प्रतिबद्ता जनाएका छन । कार्यक्रममा पत्रकार महासंघ बाजुराका सचिव प्रेम बिक, पत्रकार निमेन्द्र शाही, गरिबीनिवारणका बाजुरा प्रबन्धक रत्न बुढा लगायतको सहभागिता रहेको थियो । रामारोशन डेन्टलले यस अघि अछामको मंगलसेन, साँफेबगर र जुम्लामा समेत सेवा दिदैआईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!