रामेछापमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

Posted on: 18 Jun, 2017

असार ४, रामेछाप । रामेछापकाे लिखु गाउँपालिका ट्याक्टर दुर्घटना हुदाँ २ जनाकाे मृत्युु भएकाे छ । घर बनाउन ढुङ्गा ओसार्दै गरेको ज १ त ८३०५ नम्बरको ट्रयाक्टर शनिबार बेलुका सडकबाट तल खस्दा घटनास्थलमा नै ज्यान गएको हाे ।

लिखु गाउँपालिका–३ विजुलीकाेट स्थित काङ्गवामा भएको दुर्घटनामा चालक काङ्वा निवासी ३६ वर्षिय गणेश तामाङ र सहचालक गोकुलगंगा गाउँपालिका ६ निवासी २२ वर्षिय सिंहबहादुर तामाङ्गको घटनास्थलमा नै मृत्युु भएको इलाका प्रहरी कार्यालय धोवीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!