डोटीमा आईतबार देखि आँखा शिवीर संचालन

Posted on: 19 Jun, 2017


असार ५, डोटी । डोटीमा आँखा शिविर संचालन भईरहेको छ । 

आखामा लाग्ने मोतीविन्दुको निराकरण गरी अपरेसन गर्ने कुरालाई लक्ष्यित गरी आईतबार देखि आँखा शिवीर संचालन गरिएको छ ।

जिल्ला अस्पताल परिसरभित्रै आयोजना गरिएको उक्त शिवीरमा विशेष गरी मोतीविन्दुको उपचार, अपरेसन लगायत आँखाको चेकजाँच गरिने डाक्टर अनिल गुरुङले बताउनुभयो ।

नेपाल नेत्रज्योति संघ डोटीका अध्यक्ष गोविन्द जोशी, जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर घनश्याम भट्ट र गेटा आखाँ अस्पतालका डाक्टर अनिल गुरुङले आज विहान मोमबत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरी शिवीरको शुभारम्भ गर्नुभएको थियो ।

आज गरिएको उपचारका क्रममा डोटीका विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट आएका २६० जना आँखाका विरामीमध्ये ५० जना जतिको मोतीविन्दुको अप्रेसन गर्ने लक्ष्य रहेको नेपाल नेत्रज्योति संघका अध्यक्ष गोविन्द जोशीले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!