ट्रकको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु

Posted on: 20 Jun, 2017

असार ६, गौशाला । बर्दिवास– ३ पाटुमा सोमबार ट्रकको ठक्करबाट बर्दिवास– ३ बस्ने घनश्याम थापाका छवर्षीय छोरा आदित्यको मृत्यु भएको छ । 

घर नजिकै रहेको एक निजी विद्यालय अगाडि खेलिरहेका बालक अचानक बर्दिवास–सिन्धुली सडकखण्डमा पुगेपछि बर्दिबासबाट सिन्धुली जाँदै गरेको ना ४ख ४२९५ नंको ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बालकको मृत्युपछि आफन्त तथा स्थानीयवासीले बर्दिवास–सिन्धुली सडकखण्ड साँझ ५ बजेदेखि अवरुद्ध गरेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा गए राति ९ बजेदेखि पुनःसञ्चालन भएको जनाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!