घुस लिँदा लिँदै सब इन्जिनियर पक्राउ

Posted on: 20 Jun, 2017

असार ६, पाँचथर । जिल्ला शिक्षा कार्यालय पाँचथरका सब इन्जिनियर मनोजकुमार यादव रु एक लाख २५ हजार घुस लिँदै गर्दाको अभियोगमा आज थलोमै पक्राउ परेका छन् । 

कार्यालय खुलेपछि ‘घुस लिँदै गर्दा’ करारमा रहेका यादवलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । यादवलेसाबिक माङ्जाबुङ– १स्थित सिद्ध सरस्वती माविको चारकोठे पक्की भवनको फाइनल प्राविधिक रिपोर्टिङ तयार गर्ने क्रममा घुस मागेको आरोप लगाइएको छ । 

विसं २०७० देखि निर्माण सुरु भएको उक्त भवन २०७३ सालमै सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले ढिलाइ भएको बताइएको छ । इन्जिनियर यादवलाई आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय प्रवक्ता रमेश बस्नेतले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!