पर्यटकलाई ठगेको आरोपमा जनपृय क्याम्पसका स्ववियु उपसभापति पक्राउ

Posted on: 21 Jun, 2017

असार ७, पोखरा | पोखरामा भारतिय पर्यटकलाइ ठगेको आरोपमा जनपृय बहुमुखी क्याम्पसका स्ववियु उपसभापति पक्राउ परेका छन् ।

शुक्रबार पोखरा लेकसाइड स्थित होटल हाफ मुन बाट जनपृय बहुमुखी क्याम्पस का स्ववियु उपसभापति लेख बहादुर थापा उर्फ किसान थापालाइ प्रहरीले पक्राउ गरेको हो । नेबि संघको तर्फ बाट उपसभापतिमा निर्बाचित थापालाइ ३० हजार भारतिय रुपैया सहित वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्रेर अनुसन्धान थालेको हो ।  

थापालाई प्रहरीले सार्बजनिक मुद्धा दर्ता गरि म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।  पर्बत घर भएका थापा पोखरा स्थित जनपृय बहुमुखी क्याम्पस मा बिएड तेस्रो बर्षको परिक्षा दिएर बसेका थिए । थापाले ८ जना भारतिय पर्यटकलाइ ठगेको बताइएपनि प्रहरीको बिशेष स्रोतले दिएको जानाकारी अनुसार थापाले भारतिय पर्यटकलाइ  यौनकर्मी मिलाइदिने  भन्दै ३० हजार लिएको बताइन्छ  ।

यस बिषयमा प्रहरी सग बुभदा म्याद थप गरेर अनुसन्धान भइरहेकोले अनुसन्धान पछि कुरा के हो प्रष्ट हुने प्रतिकृया दिएको छ  । पछिल्लो समय पोखरामा भारतिय पर्यटक यौन धन्दामा बढि सकृय भएको पाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!