ललितपुरमा युवतीहरुको ग्याङ फाइट र छुरा हानाहान

Posted on: 21 Jun, 2017


असार ७, ललितपुर । ललितपुर महानगरपालिका-१५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ । 

कोपिला गिरी र सलिना राई समूहको झगडा भएको हो । पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए ।

घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था बोल्न नसक्ने छ । फेसबुकमा भएको गालीगलौजको विषयलाई लिएर राईको समूहले छुरा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घटनामा संलग्न ४ जनालाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!