पोखरामा आगालागी, समयमानै आगो नियन्त्रण हुदा ठुलो क्षति हुन बाट जोगियो ।

Posted on: 21 Jun, 2017


कमल सुबेदी 

 असार ७,पोखरा | पोखराको राष्टबैंकचोकमा आज एक  ट्राभल्समा आगालागी भएको छ ।

आगालागी बाट गोल्डेन ट्राभल्समा सामान्य क्षति भएको छ । आगालागी बाट ट्राभल्सको अगाडी पटीको भाग केहि जलेको छ ।


स्थानिय ब्यापारी र अनेरास्ववियु जनप्रिय क्याम्पसका अध्यक्ष अनिल खड्कासहितको टालीले आगो नियन्त्रणमा लिएको हो।

बिजुली सर्ट भइ आगो लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आगालागी बाट एक लाख बराबरको क्षति भएको ट्राभल्सका संचालक शेर बहादुर तामाले जानाकारी दिए ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!