प्युठानकि युवती बनिन सामुहिक बलात्कारको सिकार

Posted on: 21 Jun, 2017

असार ७, प्युठान । प्युठानको सरुमारानि गाउँपालिका ३ की एक २७ वर्षिया युवती  सामुहिक बलात्कारको शिकार भएकी छिन् । 

स्थानीय गन बहादुर गुरुङ, युग बहादुर गुरुङ र मंगलसिङ गुरुङ्ले  बलात्कार गरेको पीडित युवतिले बताएकी छन् । आफु माथी दिनहुं जबरजस्ती हुन थालेपछी पिडितले  कामको सिलसिलामा भारत रहेका आफ्ना श्रीमानलाइ फोन गरि बताएपछि घट्नाको खुलासा भएको हो ।

यहि जेठ १५ गते रातको नौ/दस बजेको समयमा पानी खाने निहुंमा घरभित्र पसि  ढोका थुनेर ती युवाले पालैपालो बलात्कार गरेको पीडितको भनाइ छ । पिडितले  उजुरी गरेपछी बलात्कारका आरोपी गन बहादुरलाई पक्राउ गरि बुधवार जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको इन्सपेक्टर बद्री ढकालले जानकारी दिए । बलात्कारी अन्य दुइजना घटनापछि फरार छन् । 

पीडित युवतिले  नजिकको अस्थायी  प्रहरी कार्यालय बड्डडांडामा मंगलबार मात्र किटानी जाहेरी दिएकि थिइन ।  उनिहरुले यो घट्ना बाहिर ल्याए जे पनि हुन सक्ने धम्की दिई लगातार ५ दिनसम्म घर मै आइ बलात्कार गरेको पीडितको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!