रामेछापका १६५ भुकम्प पिडितको गोलाप्रथाबाट छनौट भएका ट्याक्सि पाउनेको नामावली

Posted on: 21 Jun, 2017

असार ७, रामेछाप | यातायात व्यवस्था विभागले भुकम्प पिडितलाई ट्याक्सी नम्बर बितरण सुरु गरेको छ ।बुधबार रामेछापका १६५ जना भुकम्प पिडितलाई विभागले ट्याक्सी नम्बर वितरण गरेकाे छ । ललितपुरको च्यासल मैदानमा गोला प्रथाबाट नुवाकोट, काभ्रेलान्चोक र रामेछापका ४ सय ९१ भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरिएकाे हाे । तीन जिल्लाबाट कूल ४८ हजार ९ सय ६५ जनाले ट्याक्सी नम्बरको लागि अावेदन दिएका थिए।

 विभागले ११ जिल्लाका पिडितलाई बिहिबार र शुक्रबार वितरण गर्ने छ । विभागबाट बिहीबार सिन्धुपाल्चोक, सिन्धुली, दोलखा र शुक्रबार ओखलढुङ्गा,मकवानपुर, धादिङ, रसुवा,गोरखा, काठमाडौं, ललितपुर र भक्तपुर भुकम्प पिडितले नम्बर प्लेट पाउनेछन् । 

विभागले गत चैत २६ गते नै नम्बर वितरण गर्ने भनेपनि पहिलो चरणको स्थानिय तह निर्वाचनको कारण रोकिएको थियो। गोलाप्रथा गर्दा कुनै जिल्लाको पिडितलाई धेरै र कुनै जिल्लाको पिडितलाई थोरै पर्न सक्ने सम्भावनाको कारण विभागले आवेदन परेको संख्याको आधारमा निश्चित कोटा समेत निर्धारण गरेको हाे ।

रामेछापका १६५ भुकम्प पिडितको गोलाप्रथाबाट छनौट भएका ट्याक्सि पाउनेको नामावली :-

यस बिषयमा तपाइको प्रतिक्रिया...!