दार्चुलामा एक जना यार्सा संकलकको मृत्यु

Posted on: 22 Jun, 2017

लोकेन्द्र प्रशाद जोशी/असार ८, दार्चुला । यार्सा संकलन गरी घर फर्किने क्रममा दार्चुलाको अपि हिमाल गाउँपालिका १ मा एक जना यार्सा गुम्बा संकलकको मृत्यु भएको छ । 

नौगाड गाउँपालिका ५ सिप्टी घर भएका ३२ वर्षीय नरेन्द्र सिह ठगुन्नाको मृत्यु भएको हो ।

लेकबाट घर फर्किने क्रममा खाएकोटमा चिप्लीएर ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो । गत जेठ पहिलो साताबाट यार्सागुम्बा संकलन गरी घर फर्किने क्रममा खाएकोटमा चिप्लीएर ठगुन्नाको मृत्यु भएको हो ।

यार्सा संकलनको क्रममा यसअघि अपि हिमाल गाउँपालिकामा मात्र ३ जनाको मृत्यु भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!