एक हप्तादेखि फोन सेवा अवरुद्ध

Posted on: 25 Jun, 2017

असार ११, जाजरकोट | यहाँको जुनी चाँदी गाउँपालिकामा एक हप्तादेखि फोन सेवा अवरुद्ध भएको छ । 

मजकोटमा रहेको टावरमा खराबी आएपछि फोन सेवा अवरुद्ध भएको स्थानीयवासी रेशमबहादुर खड्काले जानकारी दिनुभयो । यति लामो समयसम्म फोन सेवा अवरुद्ध भए पनि सरोकार भएका निकायले मर्मततर्फ ध्यान नदिएकोे भन्दै स्थानीयवासी आक्रोशित छन् । 

हजारौँ सेवाग्राही फोन सेवा अवरोधसँगै घन्टौं उकालो हिँडेर आफन्तसँग खबर आदानप्रदान गर्न बाध्य छन् । नेपाल टेलिकम जाजरकोटले ब्याट्रीमा समस्या भएका कारण फोन अवरुद्ध भएको जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!