तीन बालबालिका मृत भेटिए

Posted on: 26 Jun, 2017

असार १२, भोजपुर । तीन बालबालिका मृत भेटिएका छन् । 

मृत भेटिएका तीनै बालबालिका अरुण गाउँपालिका–१ प्याउलीबाट गत शनिबारदेखि हराइरहेका थिए । उनीहरु प्याउलीको मराङडाँडामा स्थानीय तोरन कार्कीको माछा पोखरीमा आज मृत भेटिएका हुन् । 

मृत भेटिएकाहरुमा १६ वर्षीय रञ्जित सापकोटा, १४ वर्षीया सुष्मा फुयाँल र आठ वर्षीय प्रदीप फुयाँल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीतनारायण चौधरीले जानकारी दिनुभयो । 

घटनाबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!