कपिलवस्तुमा ईद हर्षोल्लासका साथ मनाइयो

Posted on: 26 Jun, 2017

माधव बेल्वासे/असार १२, चन्द्रौटा । कपिलवस्तुमा बसोबास गर्दै आएका मुस्लिम समुदायका मानिसहरुले पनि सोमवार इद मनाएका छन् ।

उनीहरुले विहानै नुहाएर नयाँ लुगा लगाई इदगाहमा भेला भइ सामूहिक प्रार्थना गरि मनाएका हुन । नजिकिदै गएको चुनावले इदको रौनक अझै बढाएको छ ।कपिलवस्तुका विभिन्न ठाउका इदगाहमा बिहान इदको नमाजका लागि जम्मा भएका हजारौं मुस्लिम समुदायका नागरिकलाई गैर मुस्लिम समुदायले इदको शुभकामना आदानप्रदान गरेका छन् ।

 ईदको उपलक्ष्यमा विपन्न, अशक्त, टुहुरा र असहाय व्यक्तिलाई दान दिएर यस चाडलाई खुसियालिको रुपमा पनि मनाईने मुस्लिम समुदायका अगुवा संचारकर्मि सनिउल्ला धोविले वताए ।

ईदगाहमा मुस्लिम समुदायलाई ईदको शुभकामना दिनका लागि नेकपा माओवादि केन्द्र शिवराज नगरपालिका का मेयर पदका उम्मेदवार डा प्रकाश पौडेल लगाएत उम्मेदवारहरु चन्द्रौटा समितिचोक इदगाहमा पुगेका थिए ।सुरुवात एक महिना अघिदेखि नै उम्मेदवार इदको रोजाका कार्यक्रममा सहभागी हुदै आएका थिए ।यसअघि सामाजिक सद्भावमय हुने गरेको ईद यसपटक भने चुनाव भएको छ ।शिवराज नगरपालिकामा पाच हजार दुई सय मुस्लिम समुदायका मतदाता भएका कारण अधिकांश राजनीतिक दल र उम्मेदवारको ध्यान मुस्लिम मतदातामा केन्द्रीत रहेको छ  ।

शिवराज नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जमसेर अलिले विहानै इदगाहमा पुगि नमाज पढि शुभकामना आदान प्रदान गरि मनाएको वताएका छन ।त्यस्तै शिवराज नगरपालिकाकै उपमेयर पदका उम्मेदवार महोम्द मुस्ताफाले पनि यसै गरि मनाएका छन । 

हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीपछि त्यसको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुने गर्दछ । रमजानको महिनामा इस्लाम धर्मालम्बीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म हरेक दिन एक महिनासम्म केही नखाइकन ब्रत बस्ने गर्दछन् ।  रमजान महिनाको अन्तिम दिन इद पर्दछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!