जङ्गली च्याउ खाँदा १० बर्षीय वालकको मृत्यु

Posted on: 27 Jun, 2017

असार १३, पाँचथर । जङ्गली च्याउ खाँदा मिक्लाजुङ गाउँपालिका – ७ लुम्बाफे बस्ने एक बालकको आज बिहान मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीयवासी चन्द्रबहादुर माखिमका नाति १० वर्षीय सङ्गम छन् । उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

जङ्गली च्याउ खाँदै गरेकी उनकी नातिनी सातवर्षीया सपनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!