पुलमा सेल्फी लिदै गर्दा नवलपरासीका दुई जनाको मृत्यु

Posted on: 27 Jun, 2017

असार १३, नवलपरासी । पुलमा सेल्फी लिदै गर्दा सोमबार बिहान दुई नेपालीको ज्यान गएको छ । 

ज्यान गुमाउने नेपालीहरु नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ साबिक पक्लिहवा–७ बेलवानी बस्ने अन्दाजी बर्ष २७ का शिवेन्द्र कुर्मी र बर्ष १८ का छिमेकी धन्नु कुर्मी रहेका छन ।

उनीहरुको भारतमा रहेको आफन्तको मृत्युमा मलामी गएको बेला पनियहवा रेलको पुलमा दुई जना सेल्फी लिदै गर्दा पछाडिबाट आएको रेलले किचेर उनीहरुको ज्यान गएको बताइएको छ । 

मृतकको शव नेपाल ल्याउने प्रयास भइरहेको मृतकका आफन्तले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!