अबिरल बर्षाका कारण पोखरामा २ को मृत्यु, एकजना बेपत्ता

Posted on: 02 Jul, 2017

 

कमल सुबेदी | असार १८,पोखरा  | अबिरल परेको बर्षाका कारण  पहिरोमा परि पोखरामा २ जनाको  मृत्यु भएको छ । पहिरोले घर बगाउदा स्याङजा घर भई  पोखरा प्रस्र्याङपाखामा बस्ने १४ बर्षीय टंक क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । अविरल बर्षाबाट घर पछाडिको ढिस्को खस्दा पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १८ प्रस्र्याङपाखा स्थित तारापति अधिकारीको घर पुरिएर क्षेत्रीको 


 ज्यानगएको हो  । त्यस्तै पोखरा १९  घार्मीकी शोभा पौडेलको घर भत्कीदा उनको ज्यान गएको छ । त्यस्तै गय राति नै फुस्रे  खोलाले बगाउदा पर्बत घर भइ पोखरा बस्ने लिला कुमारी लामिछाने बेपत्ता भएकी छन् । बेपत्ता लामिछानेको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  


त्यस्तै गरि पोखराका बिभिन्न भाग हरु भासीने र डुबान मा परेका छन् । सहरी तथा ग्रामीण सडकहरु अबरुद्ध भएका कारण यातायातहरु चल्न सकेका छैनन् पोखराको लेकसाइड खहरेमा रातभरको मनसूनी वर्षाका कारण भीषण बाढी गएको छ ।हल्लनचोक  खहरे हुदै पामे जाने सडक अवरुद्ध जस्तै बनेको छ्र सडक भरि हिलो  र भेलले ल्याएको माटोको उचाईका कारण सवारीसाधन फसेका छन् अबरुद्ध सडकको नेपाली सेना र प्रहरीको टोलीले बाटो खुलाउने काम गरिरहेको छ । त्यस्तै पोखराको छोरेपाटन पनि डुवानमा परेको छ ।


डुवान बाट दर्जनौ घरहरु जोखिममा परेको स्थानिय कृष्ण प्रसाद पोखरेलले जानाकारी दिए । बर्षाका कारण दोबिला को पुल जोखिममा परेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!