ड्यु खादा पोखरामा एक बिरामी, बोतलमा ढुंगा भेटीयो

Posted on: 03 Jul, 2017

 

कमल सुबेदी |असार १९, पोखरा |पोखरामा आज पेय पदार्थ ड्यु खादा पाल्पा रामपुर ५घर भइ पोखरा   बस्ने सुस्मीता सेन बिरामी परेकी छन् । बिरामी सेनको पोखराको मणिपाल हस्पीटलमा उपचार भइरहेको छ । ड्युमा ढुंगा समेत भेटीएको छ । पोखराको रामबजारमा रहेको पुष्पा नान हाउसमा दिउसो पेय पदार्थ ड्यु खादा ढुंगा भेटिएपछि कम्पनी प्रतिनिधिलाइ खबर गरेकी थिइन ।




ड्यु खाएपछि हल्का पेट दुख्न थालेपछि उपचारका लागि मणिपाल हस्पीटलमा गएकी थिइन । सेनका अनुसार ड्यु खादा नराम्रो घन्द आएको थियो ।  यस बिषयमा बुझ्न पेप्सी कम्पनिको गन्डकी धौलागिरी हेर्ने कम्पनिका प्रतिनिधि बालकृष्ण सिंखडा सम्पर्कमा आउन चाहेनन्  । बिरामीको उपचार गर्न कम्पनिका कास्की प्रतिनिधी होलीका शाह हस्पीटल रहेकी छन् । ड्यु खाएपछि बिरामी सेनलाइ फुट पोइजन भएको शंका गरिएको छ । बिराकी सेन उपचार पछि घर फर्केको कास्की प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!