निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण

Posted on: 03 Jul, 2017


असार १९, अर्घाखाँची । निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण गरेको छ । 

एन आर एनए मलेसियाका सदस्य रन्जित क्षेत्रीले सुस्त मनस्थीतीका बच्चाहरुको उद्धारका लागि आफुहरुको कार्यसमितिले नगद  एक लाख उठाएर सोही बरावरको रकमबाट सहयोग गरिएको बताउनु भएको थियो ।

बच्चा र बिधालयलाई आवस्यक पर्ने पोशाक, भाडाकुडाँ, खेलकुद सामाग्री, फिल्टर, टिभि, टेवल, कुर्चि लगायतका समान र बिल बिधालयलाई वहाँले हस्तान्त्ररण गर्दा सहभागीहरुले खुलेर प्रशंसा गरेका थिए । श्रोत ब्यक्ति नाम वहादुर सिंह राना भाटको अध्यक्षता र बिधालय निरिक्षक माधव बन्जाडेको प्रमुख आथित्यता रहेको सो कार्यक्रममा विधालयकी प्रअ कमला भुसालले मन्तव्य गर्नुभएको हो ।

प्रमुख अतिथी लगायतका बक्ताहरुले एन आर एनए मलेशिया र समाजसेवी रन्जित क्षेत्रीलाई प्रमाण पत्रद्धारा सम्मान गरिएको उक्त कार्यक्रम सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सञ्चालन गर्नु भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!