जुम्लामा ढुंगाले लागेर २३ बर्षिय युवाको हात भाँचियो

Posted on: 04 Jul, 2017

नन्दराम जैशी/असार २०, जुम्ला । मुगु जिल्लाबाट जुम्ला सिँजा तिर आउदै गरेका जुम्लाका एक २३ बर्षिय युवा मंगलबार ढुंगाले लागेर घाइते हुनुभएको छ । 

कनकासुन्दरी गाउँपालिकाको बुलबुलेको एक होटलमा बसी रहेको अवस्थामा माथिबाट आएको ढुंगा लागेर जुम्ला सिँजा गाउँपालिका ३ का २३ बर्षीय युवा खड्कबहादुर राना घाइते हुनुभएको हो । 

घाइते रानाको दायाँ हात भाचिएको छ भने चुउडोमा चोट लागेपछि दाया बुङगाडा समेत भाँचिएको छ । घाइतेको अहिले कर्णाली स्थास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भैरहेको प्रहरी सहायक निरिक्षक ताराबहादुर रेउलेले जानकारी दिनुभयो ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!