१७ बर्षपछि फरार अभियुक्त रामेछाप प्रहरीद्वारा पक्राउ

Posted on: 08 Jul, 2017

प्रज्वल पाैडेल/असार २४, रामेछाप । जिल्ला प्रहरी कार्यालय मन्थली रामेछापले १७ बर्षपछि एक अभियुक्तलाई पक्राउ गरेकाे छ ।

कुटपिट र कर्तव्य गरि हत्या गरेर फरार भएका अभियुक्त मध्येका गाेश्वाराका सार्की मगरलाई प्रहरीको बिशेष टोलीले बिहीबार साँझ पक्राउ गरेकाे हाे । पक्राउ परेका मगरलाई रामेछाप जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।

२०५७ साल माघ २९ गते रामेछापकाे साविक गौश्वरा गाविस वडा न.७ (हाल दोरम्बा गाउँपालिका वडा न. ४) बस्ने धिर्ज बहादुर थापामगरको ५० बर्षिय बुबा मान बहादुर थापामगरलाई अभियुक्त सार्की मगर लगायत ४ जनाले कुटपिट कर्तब्य गरी हत्या गरेकाे बताइएकाे छ ।

मान बहादुर थापामगरले सामुदायिक वनमा घाँस काटेको विषयलाई लिएर उनकाे हत्या भएको उल्लेख छ । फरार रहेका अभियुक्तहरूलाई खोजतलासको सुचीमा राखिएकोमा जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीका बिशेष टोलीले खोज तलास गर्दै जाने क्रममा मन्थली बजारबाट पक्राउ गरेकाे हाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!